वेष्ट इण्डिजसँग हारेपछि फिल्डरमाथि खनिए कोहली

डिसी नेपाल
२३ मंसिर २०७६ १३:२६

काठमाडौं। वेष्ट इण्डिजसँग दोस्रो टि–२० खेलमा हारेपछि भारतीइ कप्तान विराट कोहली निकै असन्तुष्ट देखिएका छन् । उनले खेलमा कैयौं क्याच छोडेको र रन पनि दिएको भन्दै भारतीय फिल्डरहरुमाथि खनिएका छन् । वेष्ट इण्डिजले तिरुअनन्तपुरममा भएको दोस्रो टि–२० मा ९ बल बाँकी छँदै भारतलाई ८ विकेटले हराएको थियो । भारतले १७० रन बनाएको थियो ।

यद्यपि खेलको क्रममा कुनै पनि बेला यस्तो लागेन कि वेष्ट इण्डिजको टिम हार्न सक्छ । अन्ततः उनीहरुले केवल २ विकेटको क्षतिमा लक्ष्य हासिल गरे । भारतले पहिले ब्याटिङ गरेका पछिल्ला १५ टि–२० खेलमा भारतले ७ खेल हारेको छ । कप्तान कोहलीलाई यो ठूलो मुद्दा लाग्छ र उनी यो तथ्यांकलाई बेवास्ता गर्न चाहँदैनन् ।

खेल पछि पत्रकार सम्मेलनमा कोहलीले भने ‘अंकहरुले कैयौं कुराहरु बताउँछन् । उनीहरुले यो पनि बताउँछन् कि के सही चलिरहेको छैन । हामी सुरुवाती १६ ओभरसम्म ठिक थियौं । हाम्रो स्कोर त्यतिबेला ७ विकेटको क्षतिमा १४० रन थियो । अन्तिम ४ ओभरमा हामीले ४०–५० रन बनाउनुपर्ने थियो तर हामीले ३० मात्र बनाउन सक्यौं । हामीले यसमा ध्यान दिनुपर्ने आवश्यकता छ ।’

भारतले अन्तिम ५ ओभरमा केवल ३८ रन बनाएको थियो । कोहलीले वेष्ट इण्डिजले राम्रो क्रिकेट खेलेको स्वीकार गरे तर कोहली सबैभन्दा धेरै असन्तुष्ट फिल्डरमाथि देखिए । भुपनेश्वर कुमारको लगातार दुई बलमा पहिले वाशिङटन सुन्दर र पछि ऋषभ पन्तले क्याच छोडे । रविन्द्र जडेजाले समेत खराब फिल्डिङ गरे । कप्तान कोहलीले भने ‘यदि हामी यति खराब फिल्डिङ गरिरह्यौं भने हाम्रो लागि जतिसुकै ठूलो स्कोर पनि पर्याप्त हुँदैन । दुवै खेलमा हामीले खराब फिल्डिङ गर्यौं । एक ओभरमा सुन्दर र पन्तले क्याच छोडे । तपइँ सोच्नुस् यदि एक ओभरमा दुई विकेट गएको भए उनीहरुमाथि कति दबाब हुन्थ्यो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *