एकदिवसीय क्रिकेटमा रचियो इतिहास, खेलाडीको होइन रेफ्रीको विश्वरेकर्ड

डिसी नेपाल
२३ मंसिर २०७६ १३:४७

काठमाडौं। एकदिवसीय क्रिकेटमा नयाँ इतिहास बनेको छ । युएइमा जारी क्रिकेट वर्लरड कप लिग २ मा हिजो शारजहाँमा भएको अमेरिका र युएइबीचको खेलमा नयाँ इतिहास बनेको हो । यो खेलमा पहिलो पटक पुरुष एकदिवसीय क्रिकेटमा महिला रेफ्रीले खेल संचालन गरिन् । यो खेलकी म्याच रेफ्री जीएस लक्ष्मी पुरुष एकदिवसीय इतिहासमै पहिलो पटक रेफ्री बन्ने महिला बनिन् ।

आइसीसी इन्टरनेशनल प्यानल अप म्याच रेफ्रीमा नियुक्तिपछि यो लक्ष्मीको यस वर्षको दोस्रो महत्वपूर्ण उपलब्धी हो । ५१ वर्षीइ लक्ष्मी २००८–०९को घरेलु महिला क्रिकेटमा पहिलो पटक म्याच रेफ्री बनेकी थिइन् । अहिलेसम्म लक्ष्मी महिलाहरुको ती अन्तर्राष्ट्रिय वन डे, महिलाको ७ टि–२० अन्तर्राष्ट्रिय म्याच र पुरुषको १६ टि–२० अन्तर्राष्ट्रिय म्याचमा म्याच रेफ्री बनिसकेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *