नेपाल रजतमै सिमित

डिसी नेपाल
२३ मंसिर २०७६ १६:४१

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत थ्री बाइ थ्री बास्केटबलमा नेपालको पुरुष टोलीले रजत पदकमा चित्त बुझाउनु परेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्ड हलमा आज भएको फाइनल खेलमा भारतसँग पराजित भएपछि नेपाल रजत पदकमा सीमित बनेको हो । भारतसँग नेपाल २०–१५ ले पराजित भयो । सोही स्पर्धामा श्रीलङ्काले कास्य जित्यो ।

सेमिफाइनल खेलमा नेपाल श्रीलङ्कालाई २१–९ ले पराजित गर्दै फाइनल पुगेको थियो । त्यसैगरी महिलातर्फको खेलमा भारतले स्वर्ण जित्दा श्रीलङ्काले रजत र नेपालले कास्यपदक जिते ।

महिला कबड्डीमा नेपाललाई रजत

यस्तै,  दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत कबड्डी खेलमा नेपाली महिला टोलीले रजत पदक जितेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको फाइनल खेलमा नेपाली महिला टोली भारतसँग १३–५० ले पराजित हुँदै रजत पदकमा सीमित भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *