भारतका खेलाडीलाई पराजित गर्दै बक्सिंगमा भुपेन्द्रले जिते स्वर्ण

डिसी नेपाल
२३ मंसिर २०७६ १७:००

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका भुपेन्द्र थापा मगरले स्वर्ण जितेका छन् ।

सातदोबाटोस्थित कराते हलमा सोमबार भुपेन्द्रले ६४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् ।

भुपेन्द्रले भारतका मनिष कौसिकलाई हराएर स्वर्ण जितेका हुन् । श्रीलंका र बंगलादेशले कास्य जित्यो ।

योसँगै १३ औं सागमा नेपालको स्वर्ण संख्या ४७ पुगेको छ । सोमबार बक्सिंगमा मिनु गुरुङले पनि स्वर्ण पदक जितेकी थिइन्।

यस्तै महिला ६० केजी तौल समूहमा नेपालकी संगीता सुनारले रजत जितिन् । भारतले स्वर्ण र श्रीलंकाले कास्य जित्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *