महिला फुटबलमा भारतसँग नेपाल पराजित, प्रशिक्षक खड्काले दिए राजीनामा

डिसी नेपाल
२३ मंसिर २०७६ १७:०४

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा नेपालले रजत पदक जितेको छ ।

पोखरा रंगशालामा सोमबार भएको फाइनलमा भारतसँग २–० गोल अन्तरले पराजित भएपछि नेपालले रजतमा चित्त बुझाएको हो ।

भारतविरुद्ध पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको थियो । भारतको लागि दुवै गोल बाला देवीले गरेकी हुन् ।

भारतसँग पराजित भएसँगै महिला फुटबलमा नेपाल पुनः स्वर्ण जित्न असफल भएको छ ।

नेपाल १२ औं सागमा पनि भारतसँग पराजित हुँदै रजतमा समेटिएको थियो ।

यसैबीच भारतसँग पराजित भएपछि नेपाली महिला फुटबलका प्रमुख प्रशिक्षक हरी खड्काले राजीनामा घोषणा गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *