जलपरी गौंरिकाले जितिन् कीर्तिमानी चौथो स्वर्ण

डिसी नेपाल
२३ मंसिर २०७६ १७:२८

काठमाडौं। नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा पौडिकी गौरिका सिंहले कीर्तिमानी चौथो स्वर्ण जितेकी छन्।

उनी एउटै सागमा चार स्वर्ण जित्ने पहिलो महिला खेलाडी बनेकी छन्। सोमबार जलपरीका नामले चर्चित गौरिकाले सागमा ४ स्वर्ण जित्ने तेक्वान्दोका दिपक विष्टको कीर्तिमानी पनि बराबर गरिन्।

सोमबार गौरिकाले १०० मिटर फ्रि स्टाइलमा भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी हुन्। सोमबार नेपालले योसहित ३ स्वर्ण जित्दै स्र्वण पदक संख्या ४८ पुर्याएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *