रुसलाई ओलम्पिक र फिफा विश्वकप फुटबलमा प्रतिबन्ध
काठमाडौं। रुसमाथि खेलकुदको सबैभन्दा ठूलो प्रतिबन्ध लागेको छ। एन्टी डोपिङ एजेन्सी (वाडा)ले रुसमाथि प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। सो प्रतिबन्धका कारण रुसले अब चार वर्ष कुनै पनि ठूला खेल प्रतियोगिता खेल्न नपाउने भएको छ।
यससँगै २०२० को ओलम्पिक र कतारमा हुने २०२२ को विश्वकप फुटबलमा रुसको झण्डा र राष्ट्रिय गीत नबज्ने भएको छ।
तथापि डोपिङमा नपर्ने रुसका खेलाडीले ओलम्पिकको झण्डा बोकेर भने प्रतियोगिता खेल्न पाउनेछन्।
स्विट्जरल्यान्डको लाउसेनमा सम्पन्न वाडा कार्यकारी समितिको बैठकले सर्वसम्मतरूपमा रुसलाई प्रतिबन्ध लगाउने निर्णय लिएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment