अमेरिकासँग कैदी आदानप्रदान गर्न इरान तयार

डिसी नेपाल
२३ मंसिर २०७६ २२:३२

तेहरान । इरानले अमेरिकासँग कैदी आदानप्रदान गर्न आफू तयार रहेको सोमबार जनाएको छ ।

इरानले कैदी साटासाट गर्न सहमति जनाएकोप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धन्यवाद ज्ञापन गरेका छन्। उनले इरानको यो सहमतिलाई ‘धेरै सन्तोषजनक लचकता’ को संज्ञा दिएका छन्।

सन् २०१६ देखि इरानमा रहेका चिनियाँमुलका अमेरिकी सियु वाङ र सन् २०१८ देखि अमेरिकामा रहेको इरानी मस्सौड सोलेइमानीलाई साटासाट गर्ने सहमति भएपछि इरानले यो सन्देश दिएको हो ।

“यो अहिले एउटा मात्रै साटासाट हो, अरु पनि साटासाट गर्न हामी तयार छौँ,” एक जना प्रवक्ता अलि राबैयाले भने ।

“कुनै सम्झौता र वार्ताबाट यस्ता समस्याको समाधान निकाल्न सकिन्छ,” उनले राज्यद्वारा सञ्चालित टेलिभिजनमा भने।(रासस/एएफपी)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *