नेपाल र भुटानबीच फुटबलसँगै १७ स्वर्णको छिनोफानो हुँदै

डिसी नेपाल
२४ मंसिर २०७६ ७:०८

काठमडौँ । आज १३औं दक्षिण एसियाली खेलकुद (साग) को समापन आज हुँदैछ।

खेल तालिका अनुसार आज चार खेलमा प्रतिस्पर्धा हुनेछ।

दिउँसो ३ बजे नेपाल र भुटानबीच दशरथ रंगशालामा पुरुष फुटबलको फाइनल खेल हुँदैछ ।

जुडोमा ६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ भने बास्केटबलको पुरुष र महिलाको स्वर्णका लागि पनि आजै खेल हुनेछ।

यस्तै बक्सिङमा ८ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ। जसमा नेपालका ५ बक्सरले स्वर्णका लागि प्रतिस्पर्धा गर्दै छन् ।

महिला फाइनलमा नेपाल र भारतबीच तथा पुरुष फाइनलमा श्रीलंका र भारतबीच खेल हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *