मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले भने-मलाइ ठूलो स्वरमा बोल्न नलगाउनु होला

डिसी नेपाल
२४ मंसिर २०७६ ७:५०

काठमाडौं। लामो समयको अस्पताल बसाईपछि सोमबार प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक बोलाएका थिए।

बैठक सुरु हुनासाथ प्रधानमन्त्री ओलीले आफ्नो पुरानै अन्दाजमा ठट्यौली शैलीमा तर गम्भीर अर्थ लाग्ने गरी मन्त्रीहरुलाई भने,‘ अब मेरो भित्र कुनै फोहोर बाँकी छैन।’

मृगौलाको विरामीका कारण डाइलासिस गराइरहेका प्रधानमन्त्री ओली एपेन्डिसाइटिस फुटेर सिकिस्त भएपछि हुन नसकेको मन्त्रिपरिषद्को बैठकको शुरुवात गर्दै सांकेतिक भाषामा अलिअलि बाँकी पनि नराखी सम्पूर्ण रुपमा आफू सफा भएको बताएका थिए।

कुनै पनि मोलाहिजा नगरी मुलुकका लागि काम गर्ने कुरा सांकेतिक भाषमा सुनाउँदै उनले मन्त्रिपरिषद्को बैठकमा भनेका थिए, ‘मेरो आन्द्रा भुँडीमा अलिकति भएको फोहोर पनि आफ्नै आँखाले हेरेर सफा गरेर आएको छु।’ फुटेको एपेन्डिसाइटिसको अपरेशनलाई बिम्बको रुपमा प्रयोग गर्दै उनले आफ्नो पेटको सफाइ आफैंले स्क्रीनमा हेरेको प्रसंगलाई जोडेका थिए।

२७ वटा विभिन्न प्रस्तावहरु पारित गर्दै सम्पन्न सो बैठकमा प्रधानमन्त्री ओलीले ३ घण्टाजस्तो आफैं बोले। सानो स्वरमा बोलेका उनले मन्त्रीहरुलाई अर्को सांकेतिक प्रहार गर्दै भनेका थिए, ‘मलाइ धेरै ठूलो स्वरमा बोल्न नलगाउनु होला।’

२७ वटा विभिन्न प्रस्तावहरु पारित गर्दै सम्पन्न सो बैठकमा प्रधानमन्त्री ओलीले ३ घण्टाजस्तो आफैं बोले। सानो स्वरमा बोलेका उनले मन्त्रीहरुलाई अर्को सांकेतिक प्रहार गर्दै भनेका थिए, ‘मलाइ धेरै ठूलो स्वरमा बोल्न नलगाउनु होला।’

उनको आशय मन्त्रीहरुका कामका कारण आफूले कडा बन्नु पर्ने अवस्था नआओस् भन्नेतर्फ भएको बैठकमा सहभागी एक मन्त्रीले बताए। जवाफमा केही मन्त्रीहरुले पनि ठट्यौलै पारामा प्रधानमन्त्रीलाई विस्तारै बोल्न आग्रह गरेका थिए।

बैठकमा हालै अमेरिकाले नेपाली सेनालाई सहयोगस्वरुप दिएका जहाजहरुबारे प्रधानमन्त्री कार्यालयको तर्फबाट पेश भएको ठाडो प्रस्तावमा प्रधानमन्त्री खुसी भएनन्। उनले सो प्रस्तावलाई प्रक्रिया पुर्याएर फेरि अर्को बैठकमा पेश गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएका थिए ।

मन्त्रिपरिषद्को सो बैठकले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट गैर नेपालीलाई एउटा नागरिकता दिएको पाइएपछि त्यसलाई रद्द गर्ने निर्णय गरेको छ। तर, त्यो कसको थियो भन्नेबारे भने खुल्न सकेको छैन ।

स्रोतका अनुसार, स्वास्थ्य मन्त्रालयबाट सरुवा भई कानुनमन्त्री बन्न पुगेका उपप्रधानमन्त्री उपेन्द्र यादव भनेबैठकमा उपस्थित थिएनन्। उनी उपत्यका बाहिर भएकाले आउन नसकेको बताइएको थियो। बैठकमा लगातार बोलेर लामो भएपछि मुख्यसचिवले आफ्नो सिटबाट उठेर नै प्रधानमन्त्रीलाई ‘अब बैठक सकूँ कि हजुर! भन्नु परेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *