च्याम्पियन्स लिगमा इन्टरमिलानविरुद्ध मेस्सी नखेल्ने

डिसी नेपाल
२४ मंसिर २०७६ ९:०४

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गतको समुह चरणको अन्तिम खेलमा बार्सिलोनाले प्रमुख खेलाडीलाई आराम दिएको छ । मंगलबार राति हुने इन्टर मिलानविरुद्ध खेल्ने टिममा बार्सिलोनाले लियोनेल मेस्सीसहित जेरार्ड पिके, सेर्गी रोबेर्टोलाई टिम बाहिर राखिएको छ ।

यस बर्षको बालोन डिओर अवार्ड जितेका मेसी अहिले उत्कृष्ट फर्ममा रहेका छन् । गत शनिबार भएको खेलमा ला लिगामा कीर्तिमानी ह्याट्रिक गर्दै रोनाल्डोको ला लिगको ३४ ह्याट्रिकलाई उछिनेका थिए । त्यस्तै इन्जुरिका काराण ओसुमान डेम्बेले, अर्थर, जोर्डी अल्बा र सेमेड़ो पनि टिम बाहिर रहेका छन् ।

इन्टरविरुद्ध खेल्ने २० सदस्यीय टिममा टेर स्टेगेन, राकिटिक, सर्जियो, टोबीडो, लुइस स्वरेज, नेटो, लेंगलेट, वाग, एन्टोनी ग्रीजम्यान, एलेना, डि जंग, साम्युअल उम्टीटी, इनाकी पेना, अन्सु फाती, रिक्वी पुइग, अराउजो, भिडाल, जुनियर, मोरेर र पेरेज रहेका छन् ।

बार्सिलोना समुह एफबाट अन्तिम १६ मा छनौट भइसकेको छ । बार्सिलोनाको ५ खेलमा ११ अंक छ । यस समुहबाट इन्टरमिलान र डोर्टमण्डको ७-७ अंक छ भने अन्तिम खेलबाट नै दुई मध्ये एक अन्तिम १६ मा प्रवेश गर्ने छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *