किमले ट्रम्पलाई ‘अबुझ बुढो’ भनेपछि अमेरिकाले संयुक्त राष्ट्रसंघको बैठक बोलायो

डिसी नेपाल
२४ मंसिर २०७६ १०:२९

वाशिङटन। अमेरिकाले उत्तर कोरियाको तर्फबाट लगातार आइरहेको भड्काउ भाषणहरुका विषयमा चर्चाको लागि संयुक्त राष्ट्रसंघको बैठक बोलाएको छ । डिसेम्बरमा सुरक्षा परिषदको अध्यक्षता अमेरिकाले गरिरहेको छ । त्यसैले यो महिना अहम मुद्दामा चर्चाको निर्णय ट्रम्प प्रशासनले गर्नुपर्छ । एक दिनअघि मात्र उत्तर कोरियाले ट्रम्पको खिल्ली उडाउँदै उनलाई ‘अबुझ र चाकडी रुचाउने बुढो’ भनेको थियो ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले ३१ डिसेम्बरसम्म अमेरिकाले उत्तर कोरियालाई प्रतिबन्धमा छुटको कुनैप्रस्ताव देओस् अन्यथा परमाणु सम्झौतामा अगाडि कुनै कुरा हुँदैन भनेको थियो । उत्तर कोरियाले अमेरिकाँग परमाणु अप्रसार सन्धिमा हस्ताक्षर गर्नको लागि पहिले आफूमाथि लगाइएका प्रतिबन्धमा छुटको माग गरेको थियो । ट्रम्पले गतवर्ष उत्तर कोरियालाई २०१९ को अन्त्यसम्म आर्थिक प्रतिबन्धमा छुट दिने घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनले यस विषयमा केही छलफल पनि गरिसकेका छन् ।

यद्यपि अहिलेसम्म उत्तर कोरियाले कुनै छुट पाएको छैन । यस विषयमा उत्तर कोरियाले असन्तुष्टि जनाएको छ । उसका विदेश मन्त्री किम सोंगले हालै आफूहरुलाई अमेरिकासँग लामो कुराकानी गर्नु जरुरी नभएको भन्दै अब सम्झौताको अवसर समाप्त भएको बताएका थिए । किम शासनले अमेरिकालाई परमाणु सन्धिमा छलफल गर्नको लागि बाटो खुला राख्ने हो भने यो वर्षको अन्त्यसम्म छुटको नयाँ प्रस्ताव पेश गर्न चेतावनी दिएको छ ।

अमेरिकाले उत्तर कोरियाका विषयमा चर्चाको लागि यसै हप्ता संयुक्त राष्ट्रसंघको बैठक बोलाएको छ । यसमा उत्तर कोरियाको मानवअधिकारको स्थितिको आंकलन गरिनेछ । बैठकमा उत्तर कोरियाले हालै गरेको मिसाइल परीक्षण र उसका भड्काउ भाषणका विषयमा चर्चा हुने बताइएको छ । उत्तर कोरियाका बरिष्ठ अधिकारी किम यंग चोलले आफ्नो देश अमेरिकाको दबाबमा घुँडा नटेक्ने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *