आर्ट ग्यालरीमा राखिएको १ करोड ३६ लाख रुपैयाँको केरा कलाकारले झिकेर खाइदिएपछि…

डिसी नेपाल
२४ मंसिर २०७६ ११:३५

काठमाडौं। अमेरिकाको मियामीमा एक आर्ट ग्यालरीमा राखिएको १ लाख २० हजार डलर (१ करोड ३६ लाख नेपाली रुपैयाँ) मूल्यको केरा एक कलाकारले झिकेर खाइदिएका छन् । टक्ट टेप लगाइएको यो केरा हालै भएको एक लिलामीमा आर्ट ग्यालरीले १ लाख २० हजार डलरमा किनेको थियो । आइतबार यो केराको प्रदर्शनी थियो ।

प्रदर्शनीका क्रममा यो केरालाई अमेरिकाका कलाकार डेभिड डाटुनाले भित्ताबाट झिकेर खाए । उनले यस्तो गरेपछि ग्यालरीका निर्देशक लुसियन टेरेसले उनीविरुद्ध उजुरी दर्ता गराएको मियामी हेराल्डको समाचारमा उल्लेख छ । यो घटनाको १५ मिनेटपछि एउटा नयाँ केरा ल्याएर त्यहाँ लगाइयो । यो कलाकृति इटलीका कलाकार मौरिजियोले बनाएका थिए । उनले यस्ता तीन कलाकृति बनाएका थिए । जसमध्ये २ बिक्री भइसकेका थिए र यो अन्तिम कृति बेच्नको लागि राखिएको थियो । अब यसको फोटो भाइरल भइरहेको छ ।

केरा खाने डाटुनाले इन्स्टाग्राममा लेखेका छन् ‘भोको आर्टिस्ट । यसलाई खानुमा पनि निकै मजा आयो । यसमा निकै स्वाद थियो । पछिल्लो समय कलाकृतिमा प्रयोग गरिएको केरालाई मियामीको एक ग्रोसरी स्टोरबाट किनिएको थियो । साथमा यसमा टक्ट टेपको एउटा टुक्रा पनि लगाइएको थियो । ग्यालरीका मालिक इम्मानुएल पेरोटिनले मिडियालाई भने ‘केरा वैश्विक व्यापार र ह्युमरको प्रतीक हो । यसलाई कमेडियन नाम दिइएको छ ।’ मौरिजियो क्याटलन तिनै कलाकार हुन् जसले बनाएको सुनको शौचालय पछिल्लो समय निकै चर्चामा थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *