रंगशालामा दर्शकमाथि बज्रियो प्रहरीको लाठी, पत्रकार पनि कुटिए

डिसी नेपाल
२४ मंसिर २०७६ १२:०२

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद भइरहेको मुख्य स्थान दशरथ रंगशालामा फुटबल समर्थकहरु प्रहरीबाट कुटिएका छन् । आज नेपाल र भुटानबीच फुटबलको फाइनल खेल हुनुअघि फुटबल फ्यानहरुमाथि प्रहरीले लाठी वर्षाएको हो ।

आज पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानको खेलपछि सागको समापन समारोह हुँदैछ । त्यसैको टिकट लिन फ्यानहरु रंगशाला पुगेको भए पनि सबै टिकट बिक्री भइसकेको थियो । टिकट नपाएपछि फ्यानहरुले होहल्ला गरेका थिए । यहाँ भीडलाई हटाउने क्रममा प्रहरीले फ्यानलाई कुटेको हो । कुटपिटको फोटो खिचेको भन्दै पत्रकारहरुलाई समेत प्रहरीले दुर्व्यवहार गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *