समलिंगी सम्बन्धमा रहिन् आमा, परिवारले पाएन इज्जत, छोरी बनिन् प्रधानमन्त्री

डिसी नेपाल
२४ मंसिर २०७६ १२:५८

हेलसिन्की। उनी केवल ३४ वर्षकी छिन् । उनलाई फिनल्याण्डको प्रधानमन्त्री पदको लागि निर्वाचित गरिएको छ सना मरिनले ५७ वर्षका प्रधानमन्त्री एन्टी रिनेको स्थान लिँदैछिन् ।

महिला हुनुका बावजुद यति कम समयमा राजनीतिको शीर्षमा पुग्ने सनाको बाल्यकाल शानदार रहेको थिएन । उनी बाल्यकालमा कैयौं चुनौतीसँग जुधेकी थिइन् । सना मरिन बाल्यकालमा आमासँग भाडाको घरमा बसेकी थिइन् । पछि उनकी आमा एक महिलासँग समलिंगी सम्बन्धमा परेकी थिइन् । यही कारण समाज सनाको परिवारलाई इज्जत दिँदैनथ्यो ।

फिनल्याण्डको म्यागजिनमेनाइसेट डट एफआइलाई दिएको अन्तरवार्तामा सनाले भनेकी थिओन् ‘म आफ्नो परिवारको बारेमा खुलेर कुरा गर्न सक्दिनथें । यसका कारण म आफ्नै अस्तित्व महसुस गर्दिनथें । म आफैंलाई आयोग्य मान्न थालेकी थिएँ ।’ सना साथीहरुसँग बाहिर रमाइलो गर्न पाउँदिनथिन् । उनको परिवारको आर्थिक स्थिति पनि राम्रो थिएन ।

सना आफ्नो परिवारमा विश्वविद्यालय पढ्ने पहिलो छोरी थिइन् । सनाका अनुसार उनकी आमा निकै सहयोगी रहिन् र उनले सनालाई उनी जे गर्न चाहन्छिन् त्यो गर्न सक्छिन् भन्ने विश्वास दिलाइन् । सना मरिन डेमोक्र्याटिक पार्टीको नेताको रुपमा फिनल्याण्डको प्रधानमन्त्रीको लागि निर्वाचित भएकी हुन् । यस अवसरमा उनले भनिन् ‘मैले आफ्नो उमेर र लिंगको बारेमा कहिल्यै सोचिन । मैले सधैं ती कुराहरुको बारेमा सोचें जसको कारण म राजनीतिमा आएँ र जनताको विश्वास जितें ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *