३८ जना बोकेर उडेको विमान बेपत्ता

डिसी नेपाल
२४ मंसिर २०७६ १३:०६

सान्टियागो। चिलीबाट अन्टार्कटिका गइरहेको एक सैन्य विमान सोमबार राती बेपत्ता भएको छ । अधिकारीहरुका अनुसार सेनाको सी–१३० हरक्युलिस ट्रान्सपोर्ट एयरक्राफ्टले सोमबार साँझ चिलीको चांबुको मिलिट्री बेसबाट अन्टार्कटिकास्थित एडुअर्डो फ्रेइ मोन्टालवा एयरबेसको लागि उडान भरेको थियो ।

विमान बीचमै हुँदा सम्पर्क विच्छेद भएको हो । जानकारीअनुसार विमानमा १७ क्रु सदस्य र २१ यात्री थिए । अहिलेसम्म विमानको स्थितिको कुनै जानकारी प्राप्त भएको छैन । चिलीको वायुसेनाका अनुसार विमानको खोजीको लागि उद्धार टिम परिचालन गरिएको छ । एयरक्राफ्ट रुटिन सपोर्ट र मेन्टेनेन्स मिशनमा निस्किएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *