काठमाडौंको बौद्धमा प्रेममा धोका पाएकी युवतीले प्रेमीको लिंग काटिदिइन्

काठमाडौं । राजधानीको बौद्धमा प्रेममा धोका पाएकी एक युवतीले प्रेमीको लिंग काटिदिएकी छिन् । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार १९ वर्षकी एक युवतीले प्रेमीको लिंग काटिदिएकी हुन् । युवतीले आफूहरुको प्रेम सम्बन्ध सफल नहुने देखेपछि यस्तो गरेको बुझिएको छ ।

२१ वर्षका उनका प्रेमी मकवानपुर घर भइ बौद्धमा बस्दै आएका थिए । उनले राजधानीको एक होटलमा काम गर्ने गरेको बुझिएको छ । युवतीको थर थिङ र युवकको थर सुनुवार भएको बताइएको छ । पीडित प्रेमीको चावहिलस्थित ओम हस्पिटलको आइसीयुमा उपचार भइरहेको छ ।

युवकको लिंग चुँडिन छाला मात्र बाँकी भएको बताइएको छ । युवक क्रिस्चियन र युवती बौध धर्मावलम्बी हुन् । उनीहरु एक वर्ष अघिदेखि प्रेममा थिए । युवकले आफ्ना परिवारले नमानेको भन्दै सम्बन्ध तोडेका थिए । त्यसपछि युवतीले अन्तिम पटक भेट्न बोलाएकी थिइन् । सोमबार बेलुकी भएको त्यही भेटमा घटना भएको हो । प्रहरीले युवतीलाई पनि पक्राउ गरेको छ ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position