साग उद्घाटनमा नपड्केको पटाका लगेर पड्काउँदा घाइते भएका बालकको ज्यान गयो

डिसी नेपाल
२४ मंसिर २०७६ १५:५४

जनकपुर। १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेलको उद्घाटन समारोहमा नपड्केको पटाका लिएर पड्काउने क्रममा घाइते भएका एक बालकको मंगलबार मृत्यु भएको छ।

जनकपुरधाम १३ स्थित कबर्ड हलनजिकै घर भएका निर्मला राउतका घाइते १० वर्षीय छोरा आलोक राउतको मृत्यु भएको हो। सुनसरीको धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा उपचारकै क्रममा बालक राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मंसिर २० गते कुस्ती खेलको उद्घाटनका क्रममा पटाका पड्काइएको थियो। सोमध्येका पड्किन नसकेका पटाका बालक राउत घरमा लगेर पड्काउन खोजेका थिए। पटाका पड्केपछि घाइते भएका बालकको पेट जलेको थियो। गम्भीर घाइते भएका बालक राउतलाई तत्कालै प्रादेशिक अस्पताल ल्याएको थियो। तर, उपचार सम्भव नभएपछि केहीबेरमै धरान ‘रेफर’ गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *