साग फुटबल फाइनलः अर्को गोल थप्दै नेपालले फेरि लियो अग्रता

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा नेपाल र भुटान भिड्दैछन् । खेल अहिले जारी छ र नेपालले फेरि अग्रता लिएको छ । पहिलो हाफमा नेपालले लिएको सुरुवाती अग्रतालाई भुटानले बराबरी गरेको भए पनि दोस्रो आफमा नेपालले फेरि अग्रता लिएको हो ।

नेपालका लागि अभिषेक रिजालले १६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए तर ३७ औं मिनेटमा भुटानका कप्तानले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएकोमा दोस्रो हाफको ५३ औं मिनेटमा सुनिल बलले गोल गर्दै नेपाललाई फेरि अग्रता दिलाएका हुन् ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position