साग पुरुष फुटबलमा नेपाललाई स्वर्ण पदक

डिसी नेपाल
२४ मंसिर २०७६ १६:५९

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा नेपालले स्वर्ण पदक जितेको छ । नेपालले भुटानलाई हराउँदै स्वर्ण पदक जितेको हो ।

नेपालले स्वर्ण पदक जित्दा भुटानलाई २–१ गोल अन्तरले हराएको हो । पहिलो हाफमा नेपालले लिएको सुरुवाती अग्रतालाई भुटानले बराबरी गरेको भए पनि दोस्रो आफमा नेपालले फेरि अग्रता लिएको थियो ।

नेपालका लागि अभिषेक रिजालले १६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए तर ३७ औं मिनेटमा भुटानका कप्तानले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएकोमा दोस्रो हाफको ५३ औं मिनेटमा सुनिल बलले गोल गर्दै नेपाललाई फेरि अग्रता दिलाएका थिए । त्यही अग्रता अन्तिमसम्म कायम रहेपछि नेपालले खेल जितेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *