सन्दिग्ध आक्रमणकारीद्वारा आत्महत्या

डिसी नेपाल
२४ मंसिर २०७६ १९:१२

प्राग ।  चेकोस्लोभाकियाको पूर्वी शहर ओस्ट्रोभास्थित अस्पतालमा आक्रमण गर्ने बन्दुकधारीले प्रयोग गरेको गाडीलाई पिछा गर्ने क्रममा सन्दिग्ध आक्रमणकारीले आत्महत्या गरेको त्यहाँको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार ‘आक्रमणकारी’ लाई प्रहरीले पिछा गरेपछि उसले आफ्नो टाउकोमा गोली हानी आत्महत्या गरेको थियो । प्रहरीले उक्त व्यक्तिको परिचय र उसको कुनै आतङ्कवादी समूहसँग सम्लग्नता थियो वा थिएन भन्ने बिषयमा अनुसन्धान थालिसकेको बताएको छ ।

मङ्गलबार एक व्यक्तिले एक्कासी अस्पतालभित्र प्रवेश गरी गोली चलाउँदा कम्तीमा चार जनाको घटनास्थलमा र अन्य दुईको उपचारका क्रममा मृत्यु भएको थियो । उक्त घटनामा अझै दुईको घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि प्रहरीले दिएको जानकारीमा उक्त घटनामा कम्तीमा चार जनाको मृत्यु भएको उल्लेख गरिएको थियो । क्षेत्रीय प्रहरी प्रवक्ता पाभ्ला जिरोस्कोवाले भन्नुभयो, “आक्रमणमा चार जना घटनास्थलमा नै मारिएका थिए भने अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।”

क्षेत्रीय अस्पतालमा उपचारका लागि विरामी राखिएको वार्डमा आक्रमणकारीले निशाना बनाएको थियो । यद्यपि मारिने उपचारका लागि अस्पताल पुगेका विरामी थिए वा उनीहरूका आफन्त भन्नेबारेमा प्रहरीले गरेको छैन ।(रासस/एएनआई)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *