प्रधानमन्त्री ओली डायलसिस गर्न मनमाेहन सन्टरमा

डिसी नेपाल
२४ मंसिर २०७६ १९:३८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिस गर्न मनमाेहन सन्टर पुगेका छन्।

१३औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह हेरे लगतै उनी अस्पताल पुगेका हुन् । ‘नियमित डायलासिसका लागि अस्पताल जानु भएको हो, ‘ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।

मिर्गौलाको कार्य क्षमता घटेसँगै प्रधानमन्त्री ओलीको नियमित डायलसिस भइरहेको छ। हालै एपेन्डिाइटिसको पनि अप्रशेन गरिएको थियो। सो क्रममा प्रधानमन्त्री ओली मनमोहन सेन्टरमा १० दिनसम्म बसेका थिए।

त्यो समयमा पनि डायलसिस गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *