जेलमा रहेका लालु यादव निर्विरोध अध्यक्ष चुनिए
नयाँ दिल्ली। राष्ट्रिय जनता दल (राजद) का वरिष्ठ नेता एवं पूर्व केन्द्रीय मन्त्री लालुप्रसाद यादव ११ औं पटक पार्टीको निर्विरोध अध्यक्ष चुनिएको औपचारिक घोषणा गरिएको छ।
पटनामा मंगलबार पार्टीको राष्ट्रिय परिषद बैठकमा पार्टीका निर्वाचन पदाधिकारी चित्तरंजन गगनले यसको औपचारिक घोषणा गरेका हुन्।
लालुको अनुपस्थितिमा उनको निर्वाचन सम्बन्धि प्रमाण–पत्र उनका दुवै छोरा विधानसभामा विपक्षी दलका नेता तेजस्वी यादव एवं बिहारका पूर्व स्वास्थ्य मन्त्री तेजप्रताप यादवलाई हस्तान्तरण गरिएको थियो। लालु यादव चारा घोटालामा दोषी सावित भएपछि राँची जेलमा जेल जीवन बिताइरहेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment