चेतनाको कमीले उपभोक्ता ठगिने क्रम बढ्यो : मन्त्री भट्ट

डिसी नेपाल
२५ मंसिर २०७६ १३:२८

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चेतनाको कमीका कारण उपभोक्ताहरु ठगिने गरेको बताएका छन्।

बजार व्यवस्थापन तथा उपभोक्त संरक्षणमा संघ, प्रदेश र स्थानीय तहबीचको समुन्वय सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले यस्तो बताएका हुन्।
उपभोक्ताहरुले कुनै वस्तु खरिद गर्दा उत्पादन भएको मिति, म्याद सकिने मितिका विषयमा जानकारी नै नराख्ने गरेका कारण ठगिको क्रम बढेको उनले बताए।

कुनै पनि वस्तु खरिद गर्दा म ठगिन सक्छु, मेरो स्वास्थ्यमा प्रतिकुल असर पर्छ कि पर्दैन भन्ने कुरामा ध्यान दिनुपर्ने उनले बताए। उपभोक्ता हितका लागि बनेको संगठनहरुको प्रकृति र उद्देश्य बुझ्न जरुरी रहेको भन्दै मन्त्री भट्टले यसका लागि सचेतना अभियान गाउँ गाउँसम्म पुग्न जरुरी रहेको बताए।

बजार अनुगमनको कार्यशैली फेर्नुपर्ने भन्दै उनले अहिलेपनि मध्यमवर्गिय जनतामा वस्तुको मूल्य, उत्पादन र म्याद सकिने मिति सोध्न नसक्ने कमजोरी विद्यमान रहेको बताए।

ठगी गर्ने विरुद्ध पटक पटक हुने दण्ड जरिवनाको प्रकृति एउटै भएका कारण पनि उपभोक्तालाई ठगि गर्ने क्रम नरोकिएको उनले बताए। उपभोक्ताको हक संरक्षणका लागि पहिले आफूबाट परिवर्तन हुन सकेमात्रै अरुलाई परिवर्तन गर्न सकिने उनले बताए। अन्तरक्रियामा अन्य सहभागिहरुले यस्ता अभियानलाई वडा तहसम्म लैजानुपर्ने धारणा राखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *