गौरिकाले पाउने भइन् ६५ लाख, फुटबल टिमले १ करोड २४ लाख पाउने

डिसी नेपाल
२५ मंसिर २०७६ १९:०८

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले बुधबार मंगलबार सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालका लागि पदक जित्ने खेलाडीलाई बालुवाटारमा बोलाएर शुभकामनामात्र दिएनन्, नगद पुरस्कारको पनि घोषणा गरे।

प्रधानमन्त्री ओलीले स्वर्ण पदक विजेतालाई ९ लाख, दोहोरो स्वर्ण विजेतालाई ११ लाख, रजत विजेतालाई ६ र काश्य विजेतालाई ३ लाख। तथा टिम इभेन्टमा स्वर्ण विजेता टिमका सदस्यलाई जनही ५ लाख र कोचलाई पनि पाँच लाख दिने घोषणा गरे।

प्रधानमन्त्री ओलीको यो घोषणापछि एकल पदक जित्नेले कति रकम पाउँछन् भन्ने बुझ्न कठिन भएन, तर ४ स्वर्ण, २ रजत र ३ काश्य जितेकी पौडीकी गौरिकाबारे भने कुरा बुझ्न कठिन भयो। तर, प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले भने प्रधानमन्त्री ओलीको घोषणा स्पष्ट रहेको बताए।

उनले डिसी नेपाललसँग भने, ‘गौरिकाले ६५ लाख पाउँछिन्, अरु दुईजनालेृ २२, २२ लाख पाउँछन्, फुटबलका २३ सदस्यले एकमुष्ट १ करोड २४ लाख पाउँछन्।’

उता राष्ट्रिय खेलकुद परिषदका एक उच्च अधिकारीले भने प्रधानमन्त्री ओलीले घोषणा गरेको पुरस्कार वितरणबारे आफु पनि स्पष्ट नभएको बताए। उनले खेलकुद मन्त्रालयले निर्णय गरेपछि सबै स्पष्ट हुने दावी गरे।

सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ काश्य पदक जितेको थियो।

पदक विजेता खेलाडीलाई सरकारले घोषणा गरेको पुरस्कार रकम कहिलेसम्म कुन प्रक्रियाबाट वितरण गरिन्छ भन्नेबारे भने केही बताइएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *