निर्माण कार्यमा जनताको प्रतक्ष सहभागिता हुनुपर्छ : अध्यक्ष बिजुक्छे

डिसी नेपाल
२५ मंसिर २०७६ २०:१६

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले निर्माण कार्य जनतालाई सहभागिता नगराई ठेकेदारलाई जिम्मा दिँदा निर्माणको काम अस्तव्यस्त भएको आरोप लगाएका छन् । भक्तपुर नगरपालिका–७ स्थित छिपाता(हनुमन्ते खोला) पुल निर्माणको बुधबार शिलान्यास गर्दै उनले सरकारले ठेक्कापट्टालाई प्रोत्साहन दिई देशका विभिन्न ठाउँमा पुल निर्माणलगायतका कार्य गरिरहेकाले विकास निर्माण कार्य अस्तव्यस्त भएको बताए ।

जनतालाई प्रत्यक्ष सहभागिता गराउँदै लानसके कुनै पनि विकास निर्माण दिगो र प्रभावकारी हुने बताउँदै अध्यक्ष बिजुक्छेले भक्तपुर नगरपालिकाले देशकै उदाहरणीय स्थानीय तहका रुपमा काम गरेको बताए । नगरपालिकाले सबै निर्माण कार्य उपभोक्ता समितिमार्फत गरेकाले सबै काम समयमै सफल भएको बताउँदै उनले निर्माणाधीन हनुमन्ते खोला पुल बलियो र आधुनिक किसिमको हुनेमा विश्वास व्यक्त गरे।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आधुनिक पुल निर्माणको अनुभव हासिल गर्दै उक्त पुल उपभोक्ता समितिमार्पmत पुनःनिर्माण गर्न लागेको बताए । उनले भक्तपुर नगरपालिकाको पुरानो नगरपालिका भवन र राष्ट्रिय कला सङ्ग्रहालय रहेको न्ह्कं झ्या दरबारको पुनःनिर्माण छिट्टै अगाडि बढाउने पनि जानकारी दिए ।

भक्तपुर नगरपालिकाले सम्पदा पुनःनिर्माणलगायत अन्य निर्माण कार्यहरुमा उपभोक्ता समितिलाई जिम्मेवारी दिई कार्य गर्दा निर्माण कार्य दिगो तथा स्थानीय जनताको अपनत्व रहेको बताउँदै उनले शिलान्यास भएको पुल निर्माणमा स्थानीय जनताले अपनत्व लिई निर्माण कार्यमा सहयोग गर्नेमा विश्वास व्यक्त गरे । छिपाता (हनुमन्ते खोला) पुल निर्माणका लागि लागत अनुमान दुई करोड २८ लाख ३ सय ९३ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *