अर्थराजनीतिमा रुची भएकाहरुका लागि पूर्व अर्थमन्त्रीको पुस्तक

डिसी नेपाल
२५ मंसिर २०७६ २०:२८

काठमाडौं। समसामयिक राजनीति र अर्थतन्त्रलाई विश्लेषण गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले लेखेको पुस्तक सार्वजनिक भएको छ।

बुधबार काठमाडौंमा एक समारहोकाबीच पूर्व राष्ट्रपति रामवरण यादवले उक्त पुस्तक (ट्रेल्स, ट्रेमोर्स एण्ड होप) को बिमोचन गरेका छन्।

पुस्तकमा नेपालको अर्थतन्त्र, व्यापार घाटा लगायत अर्थराजनीतिलाई समेटिएको छ । बिमोचन कार्यक्रममा पूर्व राष्ट्रपति यादवले उक्त पुस्तकमा समावेस गरिएका विषयले देशको आर्थिक विकासमा योजना बनाउन र कार्यान्वयन गर्न सहयोग पु¥याउने विश्वास समेत व्यक्त गरे।

त्यस्तै उनले कृषि तथा पूर्वाधार विकासको कुरा गर्ने तर जलवायु परिवर्तनको कुरा छुटाउने प्रवृति नेपालको राजनीतिमा रहेको बताए। उनले यसलाई राजनीतिक व्यक्तिहरुको रोगको रुपमा विश्लेषण गर्दै यस्तो किताबमा जलवायु परिवर्तन र यसले अर्थतन्त्रमा पारेको प्रभावलाई समेत समेटन सुझाव दिए।

पछिल्लो समय राजनीति सक्रिय अर्थविदहरुको पुस्तकहरुमा देशको आर्थिक विश्लेषण सँगसँगै आफ्नो राजनीतिक धार पनि प्रस्तुन हुने हुँदा यसको अध्ययन गर्नेहरुमा भ्रम सिर्जना हुन थालेको भन्दै विश्लेषकहले टिप्पणी गर्ने गरेका छन्। सत्ता बाहिर रहेका पूर्व अर्थमन्त्रीहरुको टिप्पणी र सत्तामै रहेका अर्थमन्त्रीको देशको समसामयिक आर्थिक विश्लेषणमा फरक देखिनु यसको संकेत हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *