विध्यालय राजनीति गर्ने ठाँउ हैन : मुख्यमन्त्री पौडेल

डिसी नेपाल
२५ मंसिर २०७६ २१:५१

काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विद्यालयभित्र राजनीति नगर्न आग्रह गरे। नारायणगढको बालकुमारी माविको स्वर्ण महोत्सवमा आयोजित सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले विद्यालयभित्र राजनीति नगर्न शिक्षक तथा कर्मचारीलाई आग्रह गरे।

“ज्ञानको मन्दिर हाताभित्र पसेपछि कुनै पनि शिक्षकलाई राजनीति गर्न छुट छैन”, उनले भने”, राजनीति गर्न शिक्षक सङ्गठन निर्माण गरिएको होइन् ।” उनले गुणस्तरीय शिक्षाका लागि शिक्षक सङ्गठनहरु स्थापना गरिएको बताए ।

मुख्यमन्त्री पौडेलले सिङ्गो परम्परागत शिक्षालाई बदल्नुपर्ने भएकाले शिक्षक पनि आफूलाई त्यहीअनुरुप विकास गर्नुपर्ने बताए। उनले भने, “हामीले पढायौँ, पढ्यौँ, प्रमाणपत्र लियौँ तर सिकेनौँ । अब पढाइसँगसँगै सिकाइ पनि हुनुपर्छ, त्यस्तो शिक्षाको शुरुआत प्रदेश सरकारले गरेको छ ।”

सरकारले प्राविधिक शिक्षामा जोड दिँदै प्रदेशका १३ वटा जिल्लाका प्रत्येक स्थानीय तहमा प्राविधिक धारको पढाइ शुरु गरेको उनले बताए । उनले भने, “अहिले १० प्रतिशत विद्यालयमा प्राविधिक धारको पढाइ हुन्छ, यसलाई ८० प्रतिशतबाट बढाएर ९० प्रतिशत बनाउनुपर्छ, यसो गर्न सके कोही बेरोजगार भएर विदेश जानु पर्दैन ।” मुख्यमन्त्री पौडेलले दुई वर्षमा प्रदेश सरकारले धेरै काम गरेको दाबी गर्दै एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बनेको उल्लेख गरे।

अर्को प्रसङ्गमा मुख्यमन्त्री पौडेलले आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताएका छन्। “सरकारले दिएको पैसा ठीकसँग सदुपयोग भएको छ कि छैन त्यसको निगरानी नगरिकले गर्नुपर्छ, सबै ठाउँमा सरकारबाट मात्रै हेर्न सम्भव छैन्”, उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *