अफगानिस्तानको कप्तानमा फेरि फर्किए असगर अफगान

डिसी नेपाल
२६ मंसिर २०७६ ९:५१

काठमाडौं । अफगानिस्तानले राशिद खानलाई कप्तानबाट हटाएको छ । अफगानिस्तान क्रिकेट बोर्डले पूर्व कप्तान असगर अफगानलाई कप्तान बनाएको घोषणा गरेको छ ।

अफगानिस्तानले विश्वकप अघि आफ्ना नियमित कप्तान असगर अफगानलाई हटाएर गुलाबदिन नाइबलाई कप्तान बनाएको थियो । तर विश्वकपमा खराब प्रदर्शन गरेको अफगानिस्तानले कप्तान गुलबदीन नाइबलाई हटाउदै युवा खेलाडी राशिद खानलाई गत असोजमा नयाँ कप्तान बनाएको थियो ।

रशिदको कप्तानीमा अफगानिस्तानले हालै वेस्टइन्डिजविरुद्धको सिरिजमा खराब प्रदर्शन गरेको थियो । लगातारको खराब प्रदर्शन पछि अफगानिस्तान क्रिकेट बोर्डले फेरि अफगानलाई सबै फर्म्याटमा कप्तान बनाएको घोषणा गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *