भलिबल खेलाडीले अभ्यासको बीचमा मैदानमै बच्चालाई दूध खुवाएपछि…

डिसी नेपाल
२६ मंसिर २०७६ १०:५४

काठमाडौं। पछिल्लो समय सामाजिक संजालमा एक तस्वीर भइरल भइरहेको छ । फोटोमा एक महिला भलिबल खेलाडी मैदानमै बच्चालाई दूध खुवाइरहेकी छिन् । यो फोटो र ती महिला खेलाडीको ममताको मानिहरु तारिफ गरिरहेका छन् । यो फोटो भारतको मिजोरम राज्यकी भलिबल खेलाडी ललभेंटुलांगीको हो । उनले मैदानमै अभ्यासको क्रममा सानो ब्रेक लिएर बच्चालाई दूध खुवाएकी थिइन् ।

यो फोटोलाई निंग्लुन हंगल नामका एक व्यक्तिले फेसबुकमा शेयर गरेका थिए । ललभेंटुलांकीले प्रशिक्षणको लागि आफ्नो ७ महिनाको बच्चासँगै खेलाडीको शिविरमा रजिष्ट्रेशन गराएकी थिइन् र अभ्यासकै क्रममा बच्चालाई दूध खुवाएकी थिइन् । तस्वीर भाइरल भएपछि मिजोरमका खेल मन्त्री रबर्ट रोमवासिया रोयटेले पनि खुसी व्यक्त गरे र ललभेंटुलांगीलाई १० हजार रुपैयाँ पुरस्कारको घोषणा गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *