१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाल प्रहरीमा आवद्ध खेलाडीलाई ५६ पदक

डिसी नेपाल
२६ मंसिर २०७६ १२:२०

काठमाडौं। मंसिर १५ देखि २४ गतेसम्म नेपालमा संचालन भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागीनेपाल प्रहरीमा आवद्ध खेलाडीहरुले १६ स्वर्ण, १४ रजत र २६ कास्य गरीजम्मा ५६ वटा पदक हासिल गर्न सफल भएका छन्।

प्रतियोगितामा प्राप्त पदकमध्ये करातेतर्फ ७ वटा, तेक्वान्दोतर्फ ४ वटा, भारोत्तोलनतर्फ २ वटा, उसुतर्फ १ वटा, बक्सिङतर्फ १ वटार पुरुष फुटबलतर्फ १ वटा गरी कुल १६ वटा स्वर्ण पदक छन्।

यसैगरी करातेतर्फ ३ वटा, जुडोतर्फ ३ वटा, तेक्वान्दोतर्फ २ वटा, महिला भलिबलतर्फ १ वटा, टेबुल टेनिसतर्फ १ वटा, कुस्तीतर्फ १वटा, महिला फुटबलतर्फ १वटा, महिला कबड्डीतर्फ १ वटा र महिला बास्केटबलतर्फ १ वटा गरी कुल १४ वटा रजत पदक प्राप्त भएका छन्।

साथै भारोत्तोलनतर्फ ७ वटा,जुडोतर्फ ५ वटा,तेक्वान्दोतर्फ ५वटा,टेबुल टेनिसतर्फ ४वटा, करातेतर्फ ३ वटा,ब्याडमिन्टनतर्फ १ वटार पुरुष क्रिकेटतर्फ १ वटा गरी कुल २६ वटा कास्य पदक प्राप्त भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ। उक्त प्रतियोगितामा नेपाल प्रहरीमा आवद्ध  ८४  जना खेलाडीहरु विभिन्न खेलहरुमा सहभागी भएको सो समितिले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *