भारतीय कप्तानका छोरा र पाकिस्तानी कप्तानकी सालीको बिहे, हेर्नुहोस् १० तस्वीर

डिसी नेपाल
२६ मंसिर २०७६ १३:४८

काठमाडौं। भारत र पाकिस्तानको तिक्ततापूर्ण सम्बन्धका बीच यी दुई देशबीच अर्को पारिवारिक सम्बन्ध जोडिएको छ । भारतीय क्रिकेट टिमका पूर्वकप्तानका छोराले पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तानकी सालीसँग बिहे गरेका छन् । भारतीय पूर्वकप्तान मोहम्मद अजहरुद्दीनका छोरा असदुद्दीन र पाकिस्तानी पूर्वकप्तान शोएब मलिककी साली अनम विवाहबन्धनमा बाँधिएका हुन् ।

अनम पाकिस्तानी पूर्वकप्तानकी साली भए पनि भारतीय नागरिक हुन् । अनम भारतकी चर्चित टेनिस खेलाडी सानिया मिर्जाकी बहिनी हुन् । सानिया मिर्जा र शोएब मलिकले १२ अप्रिल २०१० मा विवाह गरेका थिए । शोएब मलिकले पाकिस्तानको राष्ट्रिय टिममा ३ टेस्ट, ४१ एकदिवसीय र २० टि–२० अन्तर्राष्ट्रियमा कप्तानी गरेका छन् । अजहरुद्दीनले भारतको राष्ट्रिय टिममा ४७ टेस्ट, १७४ एकदिवसीयमा कप्तानी गरेका छन् । अजहरुद्दीनले टि–२० अन्तर्राष्ट्रिय भने खेलेका छैनन् ।

अनम मिर्जा र असदुद्दीनले बिहेका कैयौं तस्वीर सामाजिक संजालमा शेयर गरेका छन् । अनम र असदको विवाहमा दुवैका परिवार र नजिकका आफन्तहरु उपस्थित थिए । असदसँग अनमको यो दोस्रो बिहे हो । यसअघि उनको बिहे आफ्ना व्यवसायी ब्वाइफ्रेण्ड अकबर रशीदसँग भएको थियो । तर उनीहरुको वैवाहिक सम्बन्ध टिक्न सकेन । यसअघि असद र अनमको डेटिङको खबर पनि चर्चाको विषय बनेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *