जुन क्लवबाट सबथोक जिते, त्यही क्लवविरुद्ध खेल्ने रोनाल्डोको इच्छा

डिसी नेपाल
२७ मंसिर २०७६ ८:३१

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडसँग खेल्न चाहेको बताएका छन् । रियल मड्रिडमा ९ बर्ष खेलेका रोनाल्डोले यस सिजनको च्याम्पियन्स लिगमा फाइनलमा आफु रियलविरुद्ध खेल्न चाहेको बताएका हुन् ।

च्याम्पियन्स लिगको अन्तिम १६ मा युभेन्टस पुगेपछि बोल्दै रोनाल्डोले आफु आफ्नो इन्जुरीको समस्याबाट बाहिर आएको बताएका छन् । अब अन्तिम १६ को ड्र मा युभेन्टस र रियल एक अर्काविरुद्ध पर्ने सम्भावना देखिएको बेला रोनाल्डोले यस्तो प्रतिक्रिया दिएका हुन् । युभेन्टस अब अन्तिम १६ मा टोटनह्याम, रियल मड्रिड, चेल्सी, लियोन, डोर्टमण्ड र एटलेटिको मड्रिड मध्ये एक टिमसँग पर्ने देखिएको छ ।

स्काई इटालीयासँग बोल्दै रोनाल्डोले रियल मड्रिड उत्कृष्ट टिम रहेको बताउदै रियलविरुद्ध उत्कृष्ट १६ मा भन्दा अलि पछि फेस गर्न चाहेको बताएका छन् । रोनाल्डोले आफ्नो इन्जुरिको बारेमा बोल्दै भने,’मैले अहिले राम्रो अनुभव गरिरहेको छु । करिब चार साता इन्जुरिका बीच पनि खेले तर अहिले ठिक छु ।’

अहिले युभेन्टसमा आफु दुई अर्जेन्टिनी खेलाडी डिबाला र हुगेनसँग रमाइलो गरिरहेको बताउदै भने दुवै उत्कृष्ट खेलाडी रहेको बताए । च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र डिसेम्बर १६ मा हुदै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *