मैत्रीपूर्ण फुटबलः जापान यू २२ सँग नेपाल निलो पराजित

डिसी नेपाल
२७ मंसिर २०७६ १९:४२

काठमाडौं। शुक्रबार नेपाल निलो र जापान यू २२ टिमबीचको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ। दशरथ रंगशालामा भएको खेलमा जापान यू २२ ले नेपाल निलोलाई ४–शुन्य गोल अन्तरले हराएको हो ।

नेपालमा फुटबल लिगको टोलीबीचको मैत्रीपूर्ण खेल खेल्न जापानको यू २२ को टोली काठमाडौँ आएको छ । हाल राष्ट्रिय टोलीमा नरहेका खेलाडी समेटेर बनाइएको नेपाल निलो टोलीको कप्तानी भोला सिलवालले गरेका थिए । शुक्रबार भएको खेलको पहिलो हाफमा १ गोलको अग्रता लिएको जापानले दोस्रो हाफमा ३ गोल थपेको थियो ।

मासाहिको सुगिताको गोलमा जापानले अग्रता लिएको थियो । ४९ औं मिनेटमा उनैले अग्रता दोब्बर पारे । सतोशी सुनोमाताले गोल गर्दै जापानी टोलीको अग्रता फराकिलो पारे । तोशिकी सासाकीले ७४ औं मिनेटमा गोल गर्दै ४(० जित पक्का गरेका थिए । जापानी टोलीले शनिवार दोस्रो मैत्रीपूर्ण खेल गत वर्षको लिग च्याम्पियन मनाङसँग खेल्ने तालिका रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *