पूर्वाञ्चल विश्वविद्यालयको नवौँ दिक्षान्त
इटहरी । पूर्वाञ्चल विश्वविद्यालयको नवौँ दिक्षान्त समारोहमा दुई हजार ४३ विद्यार्थी दीक्षित भएका छन्।
विश्वविद्यालयका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भारतको गुहाटी विश्वविद्यालय आसामका उपकुलपति प्रो प्रतापज्योति हेन्डिक रहेका थिए ।
शिक्षामन्त्री पोखरेलले दीक्षित उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई निष्ठापूर्वक देशको उन्नति हुने पेशा तथा आफ्नो दक्षतालाई सहीरूपमा सदुपयोग गर्दै मर्यादित भएर गुणस्तरीय काममा लाग्न सहमत हुनुहुन्छ भन्दै बचनवद्धता गराएका थिए ।
विश्वविद्यालयका सूचना अधिकारी फणिन्द्र गौतमका अनुसार दीक्षित हुन चार सङ्कायबाट करीब नौ हजार विद्यार्थी सूचीमा समावेश भए पनि समारोहमा दुई हजार ४३ मात्र उपस्थित भएर दीक्षित भएको बताए।
विश्वविद्यालयअन्तर्गत करीब ३७ हजार विद्यार्थी अध्ययनरत छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment