माल्दिभ्सको भलिबल लीग खेल्न सरस्वती माल्दिभ्सतर्फ

डिसी नेपाल
२८ मंसिर २०७६ १९:२४

काठमाडौं । राष्ट्रिय महिला भलिबल टिमकी स्पाईकर सरस्वती चौधरीले माल्दिभ्सको महिला भलिबल लीग खेल्ने भएकी छन्।

विभागीय टिम एपीएफबाट खेल्दै आएकी सरस्वती ब्यवसायीक रुपमा लीग खेल्न शनिबार साँझ माल्दिभ्सतर्फ प्रस्थान गरेकी छन्। उनी माल्दिभ्सको लोरेन्जो क्लबमा आवद्ध भएकी हुन्।

सरस्वतीका अनुसार उनी करिब एक हप्ता माल्दिभ्समा रहनेछिन्। यसअघि राष्ट्रिय भलिबल टिमकी नम्बर एक स्पाईकर प्रतिभा माली सोही लिग खेल्न माल्दिभ्स गएकी थिइन्।

सरस्वतीले पछिल्लो समय खुट्टामा चोट बोकेकी थिइन् । चोटबाट मुक्त हुँदै उनले नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेलेकी थिइन्। सागमा नेपाली महिला भलिबलले रजत जितेको थियो। सागको रोमाञ्चक फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो।

अग्लो कदकी स्पाईकर सरस्वतीकै प्रेरणादायी प्रर्दशनमा विभागीय टिम एपीएफले घरेलु खेलकुदमा प्रभावशाली प्रर्दशन गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *