शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा मछिन्द्र विजयी
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २–० गोलले पराजित गरेको हो।
मछिन्द्रका लागि खेलको ३०औँ मिनेटमा योगेश गुरुङले तथा खेलको ५०औँ मिनेटमा दीपक राईले गोल गरेका थिए।
पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको ब्रिगेडले दोस्रो हाफमा राम्रो खेल प्रदर्शन गरेको थियो। खेलको म्यान अफ दि म्याच मछिन्द्रका विशाल भए। जितसँगै मछिन्द्रले ३ अङ्क जोडेको छ।
दशरथ रङ्गशाला हिलाम्य भएपछि अन्तिम समयमा सातदोबाटोस्थित एन्फा मैदानमा खेल सञ्चालन गरिएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment