पहिलो इनिङमा ४१६ रन बनाएको अस्ट्रेलियाले न्यूजिल्याण्डलाई १६६ मै रोक्यो

डिसी नेपाल
२९ मंसिर २०७६ ८:३५

काठमाडौँ । अस्ट्रेलिया र न्युजील्याण्डबीचको जारी टेस्ट खेलमा अस्ट्रेलिया बलियो स्थितिमा पुगेको छ । पहिलो इनिङमा ४१६ रन बनाएको अस्ट्रेलियाले तेस्रो दिनको अन्त्यसम्म न्यूजिल्याण्डमाथि ४१७ रनको अग्रता बनाइसकेको छ । अस्ट्रेलियाले न्यूजिल्याण्डलाई १६६ रनमै रोकेर आफ्नो दोस्रो इनिङ सुरु गरेकोमा तेस्रो दिनको अन्त्यसम्म ६ विकेटको क्षतिमा १६७ रन बनाइसकेको छ ।

स्तैमा समेटिएको न्युजील्याण्डका लागि रस टेलरले सर्वाधिक ८० रन बनाए भने कप्तान केन विलियम्सनले ३४ रन बनाए । त्यस्तै कोलिन डि ग्राण्डहोमले २३ रन बनाए । अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । अस्ट्रेलियाका बलर मिचेल स्टार्कले सर्वाधिक ५ विकेट लिए भने प्याट कमिन्सले ३ विकेट लिए । त्यस्तै नथान लियोनले २ विकेट लिए भने जोस हेजलउडले एक विकेट लिए ।

यस अघि अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिंग गर्दै आफ्नो पहिलो इनिंगमा ४१६ रन बनाएको थियो । अस्ट्रेलियाका लागि मार्नस लबुचागनेले शतकीय पारी खेलेका थिए । लाबुसचागनेले १४३ रन बनाएका थिए । उनले टेस्टमा बनाएको लगातार यो तेस्रो शतक हो । १२ टेस्ट खेलिरहेका लाबुसचागनेले यस अघि पाकिस्तानविरुद्ध लगातार दुई टेस्टमा शतक बनाएका थिए ।

त्यस्तै अस्ट्रेलियाका लागि ट्राभिस हेडले ५६ रन बनाए भने डेविड वार्नर र स्टिभ स्मिथले ४३–४३ रन बनाएका थिए । त्यस्तै कप्तान टीम पेनले ३९, मिचेल स्टार्कले ३०, पाट कमिन्सले २० रन बनाएका थिए । न्युजील्याण्डका बलर टीम साउथी र लुकी फर्गुसनले ४–४ विकेट लिएका थिए भने कोलिन डि ग्राण्डहोम र जीत रावलले एक एक विकेट लिएका थिए ।

अस्ट्रेलियाले दोस्रो इनिङमा १६७ रन बनाएर न्यूजिल्याण्डको पहिलो इनिङको स्कोरलाई उछिनिसकेको छ तर खेल अझै २ दिन बाँकी रहेकोले अस्ट्रेलियाले आज पनि अलआउट हुँदासम्म ब्याटिङ गर्ने सम्भावना छ । आज अस्ट्रेलियाले आधा दिन खेलेमा पनि न्यूजिल्याण्डलाई लक्ष्य पच्छ्याउन १ दिन र आधा दिन बाँकी रहनेछ जसमा अस्ट्रेलियाले उसलाई अलआउट गर्न पर्याप्त समय पुग्छ । अस्ट्रेलियाको दोस्रो इनिङमा जो बर्नसले ५३, मार्नुस लाबुस्चाग्नेले ५०, डेभिड वार्नरले १९ र स्टेफन स्मिथले १६ रन बनाए । न्यूजिल्याण्डका लागि टिम साउथीले ४ र निल वाग्नरले २ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *