लिभरपुलले लगातार १७ औं खेल पनि हारेन, सलाहको २ गोलमा वाटफोर्ट पराजित

डिसी नेपाल
२९ मंसिर २०७६ ९:००

काठमाडौँ । इङलिश प्रिमियर लिगमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राखेको छ । शनिबार भएको आफ्नो यस सिजनको १७ औं खेलमा लिभरपुलले वाटफोर्डलाई २–० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा दुवै गोल मोहम्मद सलाहले गरेका हुन् । सलाहले खेलको ३८औ मिनेट र ९०औ मिनेटमा गोल गर्दै लिभरपुललाई जिताएका हुन् ।

योसँगै लिभरपुलले यस सिजनमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । लिभरपुलले १७ खेलमा १६ जित र एक बराबरीसहित ४९ अंक हासिल गर्दै शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको लेस्टर सिटीले गएराती नर्विच सिटीसँग १–१ को बराबरी खेलेपछि समान १७ खेलमा ३९ अंकसहित १० अंकले पछाडि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *