बार्सिलोना बराबरीमा रोकिँदा रियल मड्रिडलाई तालिकाको शीर्षमा उक्लिने अवसर

डिसी नेपाल
२९ मंसिर २०७६ ९:०९

काठमाडौँ । स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा बार्सिलोना रियल सोसियडाडसँग २–२ गोलको बराबरीमा रोकिएको हो । बार्सिलोनाका लागि एन्टोइन ग्रीजम्यान र लुइस स्वरेजले एक एक गोल गरेका थिए भने सोसियडाडका लागि माइकल ओयाजबाल र अलेक्जेन्डर इसाकले एक एक गोल गरेका थिए ।

यो बराबरीको फाइदा रियल म्याड्रिडलाई हुने देखिएको छ । बराबरीपछि बार्सिलोनाको १६ खेलमा ३५ अंक रहेको छ भने एक खेल कम खेलेको रियल म्याड्रिडको १५ खेलमा ३४ अंक रहेको छ । रियलले अब आइतबार राति भलेन्सियासँगको खेल जितेमा लिगको शीर्ष स्थानमा आउने अवसर पाएको छ । त्यस्तै रियल सोसीयडाड भने १७ खेलमा २८ अंक रहेको छ भने लिगको चौथो स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *