घरेलु मैदानमा चेल्सी पराजित

डिसी नेपाल
२९ मंसिर २०७६ ९:१२

काठमाडौँ । इङलिश प्रिमियर लिगमा चेल्सी पराजित भएको छ । गएराती सम्पन्न घरेलु मैदानमा भएको खेलमा चेल्सी बोर्नमाउथसँग १–० गोल अन्तरले पराजित भएको हो । बोर्नमाउथको जितमा डान गोस्लिंगले खेलको ८५औ मिनेटमा खेलको निर्णायक गोल गरेका थिए । योसँगै पछिल्लो पाँच खेलमा चेल्सीले केवल एक खेलमा जित हासिल गरेको छ । साथै चेल्सीले घरेलु मैदानमा खेलेका पछिल्ला तीन खेलमा २ खेलमा हार बेहोरेको छ ।

यो हारसँगै चेल्सीको प्रिमियर लिगमा १७ खेलमा २५ अंक रहेको छ भने लिगको चौथो स्थानमा रहेको छ । चेल्सीको लगातारको असफलतापछि यसको फाइदा म्यानचेस्टर युनाइटेडलाई हुने भएको छ । एक खेल कम खेलेको युनाइटेडको १६ खेलमा २४ अंक छ । अब आज हुने खेल युनाइटेडले जितेमा पाँचौं स्थानमा उक्लिने अवसर रहेको छ । त्यस्तै बोर्नमाउथको भने यो जितपछि १७ खेलमा १४ अंक भएको छ भने लिगमा १४औ स्थानमा रहेको छ । चेल्सीले अब लिगको अर्को खेल टोटनह्यामविरुद्ध खेल्नेछ भने बर्नमाउथले भने बर्नलीसँग खेल्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *