टि–१० लिगः नेपाली खेलाडी नखेल्दै आदिलको टिम बाहिरिइसक्यो, सोमपालको सेमिफाइनलमा

डिसी नेपाल
२९ मंसिर २०७६ १०:१६

काठमाडौं। कतार टि–१० लिगमा दुई नेपाली खेलाडी छनोट भएका थिए । यो लिग सुरु भएर समूह चरणका सबै खेल सकिइसक्यो तर अहिलेसम्म नेपाली खेलाडी लिगमा खेलेकै छैनन् । नेपाली खेलाडी सोमपाल कामी फ्याइङ ओरिक्स र आदिल खान पर्ल ग्लाडिएटर्समा अनुबन्ध भएका थिए । तर यी दुवै खेलाडी नखेल्दै सेमिफाइनलको टुंगो लागिसकेको छ ।

सोमपाल कामी आबद्ध फ्लाइङ ओरिक्सले समूह चरणमा एकमात्र खेल जित्यो । तीन खेल हारेको ओरिक्सले एक खेल वर्षाका कारण रोकिँदा अंक बाँडेको थियो । ३ अंक हासिल गरेको ओरिक्स लिगका ६ टिममध्ये चौथो स्थानमा रहन सफल हुँदै सेमिफाइनल पुगेको छ ।

आदिल खान आबद्ध पर्ल ग्लाडिएटर्स भने समूह चरणबाटै बाहिरिएको छ । उसले समूह चरणका ५ खेलमध्ये कुनै पनि खेल जितेन । ४ खेलमा हारेको ग्लाडिएटर्सले १ खेल रद्द हुँदा अंक बाँडेको थियो । त्यही एक अंकका साथ ग्लाडिएर्ट तालिकाको अन्तिममा रहँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ । अर्थात अब आदिल खाने यो लिगमा खेल्न पाउने सम्भावना समाप्त भइसकेको छ ।

अब सोमपाल आबद्ध फ्लाइङ ओरिक्सले आज राती पौने १२ बजे स्विफ्ट ग्यालोपर्ससँग सेमिफाइनल खेल्दैछ । ओरिक्सले आजको खेल जितेमा अर्को सेमिफाइनलको विजेतासँग भोलि राति पौने १० बजे फाइनल खेल्नेछ । आजको खेल हारेमा भने अर्को सेमिफाइनल हार्ने टिमसँग भोलि बेलुका पौने ६ बजे हुने तेस्रो स्थानको खेल खेल्नेछ । ओरिक्को अन्तिम २ खेल र २ दिन मात्र बाँकी रहेको स्थितिमा सोमपालले पनि यो लिगमा खेल्न पाउने सम्भावना न्यून छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *