खेलाडी लिलामीमा दिल्ली क्यापिटल्सको योजना के छ ? हेड कोच रिकी पोन्टिङले बताए

डिसी नेपाल
२९ मंसिर २०७६ १३:३२

नयाँ दिल्ली। आइपिएल फ्रेन्चाइजी दिल्ली क्यापिटल्का हेड कोच रिकी पोन्टिङले १९ डिसेम्बरमा हुने आइपिएल लिलामीमा सबैको ध्यान फास्ट बलरमा रहने भएकोले अस्ट्रेलियाका प्याट कमिन्स र इङल्याण्डका क्रिस वोक्सले सबैभन्दा धेरै मूल्य पाउन सक्ने बताएका छन् ।

यससँगै उनले आफ्नो टिमले पनि यी दुई खेलाडीलाई किन्न प्रयास गर्ने संकेत गरेका छन् । दिल्लीले न्यूजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्टलार्ई बेचिसकेकोले उसले फास्ट बलर किन्ने सम्भावना बलियो छ । पोन्टिङले फास्ट बलरका अलावा अलराउण्डर सधैं फाइदाको डिल हुने भएकोले ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, मिशेल मार्श, जिम्मी निशाम, कोलिन डी ग्राण्डहोम जस्ता खेलाडी महंगोमा बिक्न सक्ने बताए ।

पोन्टिङले भने ‘लिलामीमा जानुभन्दा पहिले तपाइँलाई यो थाहा हुनुपर्छ कि तपाइँलाई कस्ता खेलाडीको आवश्यकता छ । उदाहरणका लागि हामीसँग तीन जना ओपनर अजिंक्या राहाणे, शिखर धवन र पृथ्वी शा पहिल्यै छन् । त्यसैले हामीले ओपनर खोज्नु पर्दैन । तपाइँलाई आफ्नो प्लेइङ ११ को समस्याबारे थाहा हुनुपर्छ । र अनिवार्य रुपले ती समस्याहरु हटाउनुपर्छ ।’

उनले अगाडि भने ‘विगत केही महिनादेखि हामीले धेरै समय दिएर चर्चा गर्दै यो सुनिश्चित गर्ने कोसिस गर्यौं कि हामी लिलामीको लागि राम्रोसँग तयार छौं । यद्यपि हामी दुनियाभरका योजना बनाउँछौं तर अक्सन टेबलमा सधैं अप्रत्याशित घटनाहरु हुन्छन् ।’

दिल्लीको टिममा रविचन्द्रन अश्विन र अजिंक्या राहाणे थपिएकोबारे पोन्टिङले भने ‘उनीहरु यता खेलाडी हुन् जसले कोटलाको विकेटमा राम्रो गर्न सक्छन् र निश्चित रुपले उनीहरुसँग धेरै अनुभव पनि छ ।’ कोलकातामा १९ डिसेम्बरमा लिलामी हुँदैछ । यसको लागि दिल्लीसँग खर्च गर्नको लागि २७.८५ करोड बाँकी छ । दिल्लीले धेरैमा ११ जना खेलाडी किन्न सक्छ जसमा ५ जना खेलाडी विदेशी हुन सक्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *