विश्वकपका लागि सन्यास फिर्ता लिएका ब्राभोले भने – ‘धोनी पनि विश्वकप खेल्छन्’

डिसी नेपाल
२९ मंसिर २०७६ १३:४५

एजेन्सी। टि–२० विश्वकपका लागि सन्यास फिर्ता लिएका वेष्ट इण्डिजका पूर्वकप्तान ड्वेन ब्राभोले अर्को वर्ष अस्ट्रेलियामा हुने टि–२० विश्वकपमा भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनी पनि खेल्ने विश्वास व्यक्त गरेका छन् । यी दुवै क्रिकेटर आइपिएलमा चेन्नइ सुपरकिंग्सबाट एकसाथ खेल्छन् । धोनीको तारिफ गर्दै ब्राभोले भने ‘उनको ध्यान सधैं क्रिकेटमा रहन्छ, उनी बाहिरी कुराको दबाब लिन्नन् ।’

ब्राभोले अगाडि भने ‘धोनीले अहिलेसम्म सन्यास लिएका छैनन् । त्यसैले मलाई लाग्छ कि उनी टि–२० विश्व्कपमा उपस्थित रहनेछन् । एमएस कहिल्यै पनि क्रिकेटभन्दा बाहिरको कुराको असर आफूमा पर्न दिँदैनन् र यही कुरा उनले हामीलाई पनि सिकाएका छन् । यसका साथै उनले हामीलाई कहिल्यै नडराउन र आफ्नो क्षमतामा विश्वास राख्न पनि भनेका छन् ।’ धोनी विश्वकपको सेमिफाइनलपछि अहिलेसम्म क्रिकेट खेलेका छैनन् ।

३६ वर्षका ब्राभोले गत वर्ष क्रिकेटका तीनवटै फर्म्याटबाट सन्यास लिएका थिए । तर हालै उनले आफ्नो फैसला बदल्दै टि–२० टिमको लागि उपलब्ध हुने बताएका थिए । आफ्नो कमब्याकलाई लिएर उनले भने ‘म अहिलेसम्म शारीरिक रुपमा स्वस्थ छु र मभित्र धेरै क्रिकेट बचेको छ । मैले मैदानबाहिर भइरहेको राजनीतिका कारण सन्यास लिएको थिएँ । तर अहिले मैदानभित्र र बाहिर दुवै ठाउँमा नेतृत्व परिवर्तन भइसकेको छ । त्यसैले मलाई लाग्यो कि कमब्याकको लागि यो राम्रो समय हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *