पाकिस्तानका अबिद अलीले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाए विश्वरेकर्ड

डिसी नेपाल
२९ मंसिर २०७६ १६:३८

काठमाडौं। श्रीलंकाविरुद्धको जारी टेस्टमा पाकिस्तानका ओपनिङ ब्याट्सम्यान अबिद अलीले विश्वरेकर्ड बनाएका छन् । उनले यो टेस्टमा शतक बनाएसँगै उनको नाममा यो विश्वरेकर्ड लेखिएको हो ।

अबिदको यो डेब्यू टेस्ट हो । यसमा शतक बनाएसँगै अबिद अली अन्तर्राष्ट्रिय एकदिवसीय र टेस्ट क्रिकेट दुवैमा डेब्यू खेलमै शतक बनाउने एकमात्र ब्याट्सम्यान बनेका छन् । अहिलेसम्म टेस्ट र एकदिवसीय दुवैको डेब्यू खेलमै कुनै पनि ब्याट्सम्यानले शतक बनाउन सकेका थिएनन् । आज उनले १८३ बल खेल्दै शतक बनाएका हुन् ।

अबिदले यसअघि यही वर्षको मार्च २९ मा दुबइमा भएको अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा वनडे डेब्यू गरेका थिए । यो खेलमा उनले ११९ बलमा ११२ रन बनाएका थिए । यो खेलमा पाकिस्तानका मोहम्मद रिजवानले समेत शतक बनाएका थिए तर अन्य कुनै ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा पाकिस्तान ६ रनले पराजित भएको थियो ।

रोचक त के भने पाकिस्तानका २ खेलाडीले शतक बनाउँदा अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यानले शतक बनाएका थिएनन् तैपनि यो खेल अस्ट्रेलियाले जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *