मैत्रीपूर्ण फुटबल : जापानी टिमसँग मनाङ पराजित
काठमाडौं । आइतबार भएको जापानको जेएफएल टिमसँग नेपालको साविक लीग विजेता टिम मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ।
आइतबार एन्फा कम्पलेक्सको मैदान सातदोबाटोमा भएको मैत्रीपूर्ण खेलमा मनाङ ३–० को गोलअन्तरले पराजित भएको हो ।
अधिंकाश खेलाडीले क्लब छोडेपछि युवा खेलाडीको भर परेको मनाङले २८ औं मिनेटमा पहिलो गोल खाएको थियो। जेएफएलका जिन सोइयाले आफ्नो टिमका लागि पहिलो गोल गरे।
३४ औं मिनेटमा जिनले दोस्रो गरेपछि मनाङ दबाबमा परेको थियो । पहिलो हाफ भन्दा दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको मनाङ ८७ औं मिनेटमा तेस्रो गोल खान पुग्यो ।
जेएफएलका लागि तेस्रो गोल मासाहिको सुगिताले गरे । बाँकी समय मनाङले पुनरागमनको प्रयास गरेपनि असफल हुँदा जापानको जेएफएल ३–० को जित निकाल्न सफल भयो ।
यसअघि यहि टोलीले भोला सिलवालको कप्तानीमा मैदान उत्रिएको नेपाल निलोविरुद्ध ४० को जित दर्ता गरेको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment