वर्षाले ड्र गरायो श्रीलंका–पाकिस्तानको टेस्ट

डिसी नेपाल
३० मंसिर २०७६ ८:२३

काठमाडौँ । १० वर्षपछि पाकिस्तानमा गएर श्रीलंकाले खेलेको टेस्ट वर्षाका कारण ड्र भएको छ । पहिलो दिनदेखि नै वर्षाले प्रभावित गरिरहेको टेस्टमा दुवै टिमले १–१ इनिङ मात्र ब्याटिङ गर्न पाए । श्रीलंकाले पहिलो इनिंगमा ६ विकेटको क्षतिमा ३०८ रन बनाउदा इनिङ डिक्लेयर गरेको थियो । श्रीलंकाले पहिलो इनिङ डिक्लेयर गर्दा नै पाँचौं दिन भइसकेको थियो ।

श्रीलंकाका लागि धनन्जय डिसिल्भाले १०२ रन बनाए । त्यस्तै कप्तान दिमुथ करुणारत्नेले ५९ रन, निरोशन डिकवेलाले ३३ रन बनाए । पाँचौं दिन आफ्नो पहिलो इनिङ सुरुवात गरेको पाकिस्तानले २ विकेटको क्षतिमा २५२ रन बनाउँदा पानी परेपछि अन्ततः खेल समाप्त भएको घोषणा गरिएको थियो । अबिद अलीले १०९ रन बनाए भने बाबर आजमले १०२ रन बनाए । त्यस्तै कप्तान अजहर अलीले ३६ रन बनाए । खेलको प्लेयर अफ द म्याच पाकिस्तानका अबिद अली बनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *