बार्सिलोनाजस्तै चुकेपछि रियल मड्रिडले गुमायो शीर्षमा उक्लिने अवसर

डिसी नेपाल
३० मंसिर २०७६ ८:३६

काठमाडौँ । स्पेनिस ला लिगामा रियल मड्रिडले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । हिजोको खेलमा बार्सिलोना जीतबाट चुकेपछि रियलको लागि शीर्षमा उक्लिने अवसर सृजना भएको थियो तर रियलले त्यो अवसरको सदुपयोग गर्ने क्रममा बार्सिलोनाजस्तै चुकेपछि दोस्रो स्थानमै रहेको छ ।

हिजो भएको खेलमा बार्सिलोनाले रियल सोसियडाडसँग २–२ को बराबरी खेलेपछि रियललाई शीर्षमा उक्लिने अवसर सृजना भएको थियो तर रियलले पनि गएराती भ्यालेन्सियासँग १–१ को बराबरी खेलेपछि शीर्षमा उक्लिने अवसर गुमायो । रियल मड्रिडलाई करिम बेन्जामाले हारबाट बचाएका हुन् । बेन्जामाले खेलको अन्तिम मिनेटको इन्जुरी समयमा गोल गर्दै रियललाई बराबरी गरेका हुन् ।

यस अघि भ्यालेन्सियाका लागि कार्लोस सोलेरले खेलको ७८औ मिनेटमा गोल गर्दै रियलमाथि भलेन्सियाले शुरुवाती अग्रता लिएको थियो । योसँगै रियल १६ खेलमा ३५ अंकसहित बार्सिलोनासँग बराबरी गरेर गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै भलेन्सियाको भने १७ खेलमा २७ अंकसहित आठौ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *