भद्रपुर–ताप्लेजुङ सीधा उडान शुरु

डिसी नेपाल
३० मंसिर २०७६ ९:१३

भद्रपुर । निजी हवाई कम्पनी सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न सुरु गरेको छ।

आजदेखि सो स्थानमा उडान सुरु गरेको कम्पनीले यही हप्तामा भद्रपुर–लुक्कासमेतको उडान भर्ने जनाएको छ।

ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन र सगरमाथाको प्रवेशद्वारसम्म यात्रा गर्ने यात्रुलाई सजिलो बनाउन उडान सुरु गरेको नागरिक उड्डयन प्राधिकरण चन्द्रगढी विमानस्थलका प्रमुख पूर्ण चुँडालले जानकारी दिए।

उनले ती क्षेत्रका उडानले भ्रमण वर्ष सन् २०२०लाई सफल बनाउने विश्वास व्यक्त गरे ।

उनका अनुसार १८ सिट रहेको विमानले ताप्लेजुङ सुकुटारसम्म १४ र लुक्लामा १२ जना मात्र बोक्नेछ।

हरेक दिन बिहान ७ बजेबाट भद्रपुरबाट उड्ने विमानलाई लुक्ला विमानस्थल पुग्न आधा घण्टा लाग्ने छ।

यात्रुको रुचिअनुसार भद्रपुरदेखि लुक्का हुँदै एक घण्टा १० मिनेटको समयमा काठमाडौँसम्म पुग्ने व्यवस्थासमेत गरिएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *