प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो
काठमाडौं। इङ्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा आज म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ। घरेलु मैदानमा भएको खेलमा युनाइटेड १–१ को बराबरीमा रोकिएको हो।
युनाइटे८ले खेलको शुरुबाटै दबाब बनाएको थियो। पहिलो मिनेटमै लिङ्गार्ड र १० औं मिनेटमा रासफोर्डले प्रहार गरेको गोल पोस्ट नजिकैबाट बाहिरिएको थियो।
तर लिन्डेलोफको आत्मघाती गोलबाट एभर्टनले खेलमा अग्रता बनाएको थियो। खेलको ३६ औं मिनेटमा एभर्टनको फ्रिकिक प्रहार लिन्डेलोफको खुट्टामा लाग्दै गोल भएको थियो। यो गोलसँगै एभर्टनले पहिलो हाफमा १ गोलको अग्रता बनायो।
दोस्रो हाफमा युनाइटेडका लागि मासन ग्रिनउडले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले खेलको ७७ औं मिनेटमा गोल गरेका थिए। त्यसबाहेक पनि युनाइटेडले गोलको लागि आक्रमण गरे पनि सफल हुन सकेन।
जारी सिजन १७ खेल खेलेर ६ जित ७ बराबरी र पराजय भोगेको म्यानचेस्टर युनाइटेड २५ अंकसहित अंक तालिकामा छैटौं स्थानमा छ। एभर्टन भने १८ अंकसहित तालिकाको १६ औं स्थानमा छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment